आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बागलुङको बडिगाड गाँउपालिकास्थित भीमगिठेमा बस र पिकअप ठोकिँदा पाँच जना घाइते

शुक्रबार, असार १३ २०८२

बागलुङ, १३ असार । पश्चिम बागलुङको बडिगाड गाँउपालिका ७ भीमगिठेमा बस र पिकअप एकआपसमा ठोकिँदा पाँच जना घाइते भएका छन् ।

विपरीत दिशामा गुडिरहेका बस र पिकअप जिप एकआपसमा ठोकिँदा गलकोट नगरपालिका ८ का श्याम सुनार, नविन गलामी, टिकाराम कामी, अनिल श्रीस र विज्ञान गलामी घाइते भएका भएका छन् ।

विपरीत दिशामा गुडिरहेका बस र पिकअप जिप एकआपसमा ठोकिँदा गलकोट नगरपालिका ८ का श्याम सुनार, नविन गलामी, टिकाराम कामी, अनिल श्रीस र विज्ञान गलामी घाइते भएका भएका छन् । उनीहरुको अनुहार र हातमा चोट लागेकोले स्थानीय स्वास्थ्य संस्थामा उपचार चलिरहेको बडिगाड गाउँपालिकाका नगर प्रहरी हवल्दार कमल रानाले जनाकारी दिए ।

बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ८२८६ नम्बरको बस र गलकोटबाट बोबाङतर्फ जाँदै गरेको घ १ ज ४२० नम्बरको पिकअप जिप एक आपसमा ठोकिएका हुन् । प्रहरीले पिकअप चालक कृष्णबहादुर खत्री र बस चालक श्याम बहादुर रजौंलीलाई नियन्त्रणमा लिएको छ । बसमा नौ र जिपमा सात जना सवार थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार