आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नुवाकोटमा बाढीले बगाउँदा एक महिला बेपत्ता

शुक्रबार, असार १३ २०८२

नुवाकोट, १३ असार । नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन्।

बेपत्ता हुनेमा ३२ वर्षीया कमला बलामी रहेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

बेपत्ता बलामीको खोजीकार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ। साथै सोही ठाउँमा रहेको तीन वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार