शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

अमेरिकाले अप्रवासी भिसामा सामाजिक संजालका खाताहरु अनिवार्यरुपमा हेर्ने

बिहिबार, असार १२ २०८२

काठमाडौं, १२ असार । अमेरिकाले अप्रवासी भिसामा सामाजिक संजालका खाताहरु अनिवार्यरुपमा हेर्ने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दुताबासले तत्कालदेखि लागु हुने गरि अप्रवासी भिसाका लागि आवेदन दिने सबैले आफ्ना व्यक्तिगत सामाजिक संजालका खाताहरुको गोपनियताका सेटिंगलाई ‘पब्लिक’ गर्न आग्रह गरेको छ ।

दुताबासले एक सूचना जारी गर्दै भनेको छ, ‘प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हो । आजैदेखि प्रभावकारी रूपमा एफ, एम वा जे श्रेणीका अप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरूलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिक’ मा परिवर्तन अनुरोध गरिन्छ । यसले पहिचान र अमेरिका प्रवेशयोग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउनेछ ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसा आवेदकका सामाजिक सञ्जाल खाता अनिवार्य रुपमा हेर्ने नियम लागु गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार