शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सुनको मूल्य बढ्यो

बिहिबार, असार १२ २०८२

काठमाडौं, १२ असार । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँ कायम छ । बुधबार ९असार ११० छापावाल सुन प्रतितोला एक लाख ९२ हजारमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार