आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कञ्चनपुरमा कोटा निर्धारण गरी रासायनिक मलको बिक्री वितरण

बुधबार, असार ११ २०८२

कञ्चनपुर, ११ असार । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ। प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९ देखि ९० मेट्रिकटन र गाँउपालिकाका लागि ५५.९ मेट्रिकटनका दरले डिएपी मल वितरण गर्ने गरी कोटो निर्धारण गरिएको कृषि सामग्री कम्पनी महेन्द्रनगरका निमित्त प्रमुख सुन्दर केसीले बताए।

कम्पनीलाई भैरहवा कार्यालबाट ६९८.४ मेट्रिक टन डिएपी मल प्राप्त हुनेछ। जसमध्ये हाल २५० मेट्रिकटन डिएपी प्राप्त भइ र वितरण सुरु भएको उनको भनाइ छ।

हाल कम्पनीसँग १८९.१५ मेट्रिकटन डिपिए, ९७४.४५ मेट्रिकटन युरिया र ७६.५ मेट्रिकटन पोटास छ। उनका अनुसार चालु आवमा ३ हजार ८८० मेट्रिकटन डिएपी र ५ हजार ४५३ मेट्रिकटन युरिया विक्री तथा वितरण भइसकेको छ।

कम्पनीले युरिया प्रतिबोरा ९४० रुपैयाँ, डिएपी प्रतिबोर २ हजार ३ सय ९४ रुपैयाँ र पोटास प्रतिबोरा १ हजार ७ सय ९४ रुपैयाँका दरले सहकारीलाई बिक्री भइरहेको छ। जिल्लामा अनुदानको युरिया मल पर्याप्त भए पनि डिएपी मलको भने अभाव छ।

प्रतिक्रिया
सम्बन्धित समाचार