शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई जना बालबालिकाको मृत्यु

बुधबार, असार ११ २०८२

रौतहट, ११ असार । रौतहटमा खेल्ने क्रममा सेफ्टिक ट्यांकीमा खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।

सेफ्टिक ट्यांकीमा खसेर चन्द्रपुर नगरपालिका(१० निबुवा टोलकी गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो ।

बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए । सेफ्टिक ट्यांकीबाट निकालेर दुवै बालबालिकालाई उपचारका लागि सरकारी अस्पताल चपुर पुर्‍याइएको थियो ।

तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले दुवै बालबालिकालाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार