आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा हाजिर

बुधबार, असार ११ २०८२

काठमाडौं, ११असार । पतञ्जलि जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका माधवकुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन् । नेपालको इजलास नम्बर २ मा बयान सुरु भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहितविरुद्ध १८ करोड रुपैयाँ बिगो मागदाबीसहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रे मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार