मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, असार ११ २०८२

दैलेख, ११ असार । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मङ्गलबार राति भैरवी गाउँपालिका–६ तीजडाँडा नजिकै ना।प्र०२–००१ त ५९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी नारायण नगरपालिका–१ कुइकानाका ईश्वर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । भैरबी गाउँपालिका–६ तीजडाँडादेखि भैरबी गाँउपालिकातर्फ आउँदै गर्दा ट्याक्टर दुर्घटना भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालयका दैलेखका अनुसार दुर्घटनामा परी सामान्य घाइते भएका सहचालक भैरवी गाउँपालिका–४ का १९ वर्षीय सुन्दर बिष्टको उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार