आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

सोमबार, असार ९ २०८२

काठमाडौं(जस)–काभ्रेका कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको फैसला उल्टाउँदै सोमबार सफाइ दिएको हो । लामालाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा करिव ७ वर्ष अघि २०७५ साउन २४ मा लामा दोषी ठहर गरेको थियो । विशेषले उनलाई एक वर्ष कैद, बिगो बराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना गर्ने फैसला गरेको थियो ।
विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको सम्पत्तिमध्ये एक करोड ४० लाख ५० हजार रुपैयाँ अवैध ठहर गरेको थियो । लामाले विभिन्न आपराधिक क्रियाकलापबाट रकम कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १२ वर्ष अघि २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले कम सजाय गरेको भन्दै विभाग सर्वोच्च अदालत गएको थियो । विभागको पुनरावेदनमा सर्वोच्चले जिकिर नपुग्ने ठहर गर्दै सफाई दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार