शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रास्वपाका तीन विभागका प्रमुख तोकिए

सोमबार, असार ९ २०८२

काठमाडौं(जस)–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खाली रहेका तीन विभागमा प्रमुख तोकिएका छन् । शनिबार बसेको केन्द्रीय समिति बैठकले प्रशिक्षण विभाग प्रमुखमा सह–महामन्त्री श्री विपिनकुमार आचार्य तोकेको हो । यो विभागमा पूर्व बैंकर अनील केशरी शाह प्रमुख थिए । उनले केन्द्रीय सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भएपछि विभाग रिक्त थियो ।
त्यस्तै अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा कार्यवाहक प्रवक्ता मनिष झा तोकिएका छन् । अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखमा उप–प्रमुख रविकिरण अधिकारी तोकिएका छन् । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार