आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सम्पादकीय : जगाऔँ योगको भोक

आइतबार, असार ८ २०८२

शनिबार अर्थात, यही असार ७ गते ११ औँ विश्व योग दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्षको योग दिवसको नारा ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने तय गरिएको थियो । योगले मानिसलाई निरोगी बनाउन मद्दत गर्दछ । त्यसैले हामीले यसलाई हाम्रो दिनचर्या बनाउनु पर्छ । योग मानव जाति र शान्तिसँग पनि सम्बन्धित भएकाले यसलाई मानव जातिको कल्याण, विश्वशान्ति, सुखी र समृद्ध नेपाल निर्माणका लागि प्रयोग गर्नुपर्छ । तर योगका लागि चहिने मुख्य चिज भनेको स्वस्थ भोजन, र अनुशासन हो, जुन नेपाली समामाजबाट टाढा हुँदैछ । यदि हामी अनुशासित भई योग गर्यौँ भने यसले हाम्रो स्वास्थ्य राम्रो पर्नुकासाथै राष्ट्रको स्वास्थ्य पनि राम्रो बनाउन मद्दत गर्छ ।

योग गर्नका लागि हामीले दैनिक केही समय छुट्याउन जरुरी छ । योगले मानिसलाई आरोग्य बनाउने हुँदा योग गर्ने मानिसले खानपान, र आरामलाई पनि सन्तुलन गर्न जरुरी छ । हामी स्वस्थ रहन योग मात्र गरेर हुँदैन । हामीले खाने खानपान पनि स्वस्थ हुनुपर्छ । तरकारी, फलफूल र अन्नमा अचेल कृषकहरुले अत्याधिक मात्रामा विषाधी प्रयोग गर्नाले घातक रोगहरुबाट नागरिक पिडित बनिरहेका छन् । तसर्थ हामीले खाने प्रत्येक खाना विषाधीरहित हुनका लागि सरकारले त्यसको कडाईकासाथ उचित परीक्षण गर्नुपर्छ ।

हामीले केवल पेट भर्नका लागि मात्र खाने होइन । हामीले खाने खाना स्वस्थ र शरिरलाई चाहिने भिटामिन, प्रोटिन, मिनेरल, र सम्पूर्ण क्यालोरीयुक्त हुन जरुरी छ । त्यसमा योग पनि गर्न सक्र्याँै भने त झन ‘सुनमा सुगन्ध’ भनेझैँ भइहाल्यो ।

मानिसलाई अहिंसा, सत्य, अनुशासन र स्वस्थ्यतासहितको खुसी, प्रगती, न्याय, सामाजिक प्रतिष्ठा चाहिएको छ । ती सबै कुरा ध्यान र योगबाट प्राप्त हुने भएकाले हामीले योगको भोक जगाउन जरुरी छ । आज विश्व अशान्ति, हिंसा, अहङ्कारी, आतङ्कबाट आक्रान्त छ । यदि विश्वका मानिसहरुले योग सिक्ने र योग गर्ने बानीको बिकास गर्ने हो भने यी कुरीतीहरु बितारै परास्त हुँदै जानेमा सायद कसैको दुई मत नरहला !

तसर्थ हामीले हाम्रो समाजलाई पनि स्वस्थ बनाउन जरुरी छ । समाजलाई स्वस्थ बनाउन नागरिक स्वस्थ हुनु जरुरी छ । नागरिक स्वस्थ हुन हरेक मानिसले आफ्नो शरिरमा रहेको मुटुलाई स्वस्थ राख्नु पर्छ । मुटु स्वस्थ राख्न शरीरलाई चलायमान बनाउन आवश्यक छ । त्यसका लागि योग चाहिन्छ । हामीले लापरबाह जीवन बिताएर आफू खराब हुने र भगवानलाई दोष दिएर डक्टरकोमा जानेभन्दा योग र ध्यानमा जोड दिएर खुसी जीवन बिताउन सक्यौँ भने आफू पनि स्वस्थ भइन्छ, राष्ट्र र समाज पनि स्वस्थ हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार