काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ ।
यसअघिका दिनमा वेल घेराउ गर्दै आइरहेको रास्वपाले आज भने बैठक नै बहिस्कार गरेको हो । बैठक कार्यसूचीमा प्रवेश गर्नासाथ उनीहरु बाहिरिएका थिए ।
बैठककक्षबाट प्रधानमन्त्री बाहिरिएपछि रास्वपाका सांसदले पनि बैठक बहिष्कार गरेका हुन् ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्रीले आफूहरूलाई बोल्न नदिएपछि बैठक बहिष्कार गरेको बताएका छन् ।
‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ । तर, उहाँले त्यो कुरा सुन्न चाहनुभएन । बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो,’ झाले भनेका छन्, ‘तसर्थ, हामीले बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएकाले बैठक बहिष्कार गरेर निस्किएका छौँ ।’