सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

डडेलधुराको परशुराम नगरपालिकास्थित सादनीमा सर्पले डसेर एक किशोरको मृत्यु

बिहिबार, असार ५ २०८२

डडेलधुरा, ५ असार । डडेलधुराको परशुराम नगरपालिका–७, सादनीमा सर्पले डसेर १३ वर्षीय किशोर प्रकाश भट्टराईको मृत्यु भएको छ । बिहीबार (असार ५) बिहान शौचालय गएका बेला उनलाई सर्पले डसेको इलाका प्रहरी कार्यालय जोगबुडका प्रमुख सुरेश रोकायाले जानकारी दिए ।

तत्काल अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार