काठमाडौं, ५ असार । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । बैठकमा प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ ।
जेठ १३ गतेयता प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ । जेठ १५ गतेको बैठकमा भने विपक्षी दलहरूले बजेट प्रस्तुत गर्न दिएका थिए ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरुद्ध गर्दै आएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहमतिमा आइसकेको छ ।