सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कैलालीको मोहना नदीमा डुबेर एक पुरुषको मृत्यु

बिहिबार, असार ५ २०८२

धनगढी, ५ असार । कैलालीको मोहना नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका–७ रामपुरका ४५ वर्षीय दुलाराम चौधरीको नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक चौधरी बुधबार नदीमा पौडी खेल्ने क्रममा घोडघोडियामा डुबेका थिए ।

चौधरी नदीमा डुबेपछि इलाका प्रहरी कार्यालय रामपुर र भुइयाँफाँटा बिओपीबाट खटेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास गरेको थियो ।

खोजतलासको क्रममा चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार