आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

बुधबार, असार ४ २०८२

काठमाडौं, ४ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका ४ घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका ३ बस्ने सुनसरी धरान उपमहानगरपालिका ३ घर भएका ३४ वर्षीय दिपक कुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका १ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन् ।

पक्राउ मध्ये सुजनी कुमारीले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट १७ लाख चार हजार रूपैयाँ, दिपक कुमारले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट ६ लाख आठ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए । उनीहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

नीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार