आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अकल्याण्ड सिटीविरुद्ध बायर्न म्युनिखको १० गोल

सोमबार, असार २ २०८२

काठमाडौं(एजेन्सी)–जारी फिफा क्लब विश्वकप अन्तर्गत बायर्न म्युनिखले न्यूजील्याण्डको क्लब अकल्याण्ड सिटीविरुद्ध गोलको बर्षा गरेको छ । आइतबार राती सम्पन्न खेलमा बायर्न म्युनिखले अकल्याण्ड सिटीलाई १०–० गोल अन्तरले पराजित गरेको हो । बायर्नका लागि जमाल मुसिआलाले ह्याट्रिक गरेका थिए भने थोमस मुलर, माइकल ओलीस र किंग्सले कोम्यानले २–२ गोल गरेका थिए । त्यस्तै सचा बोएयले एक गोल गरेका थिए । यो जितपछि समुह सी मा बायर्न म्युनिखले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । बायर्न म्युनिखले अर्को खेल अब शनिबार बोका जुनियर्ससँग खेल्ने तालिका रहेको छ भने अकल्याण्ड सिटीले शुक्रबार बेनिफिकासँग खेल्ने तालिका रहेको छ ।
एटलेटिकोमाथि पिएसजीको शानदार जित
जारी फिफा क्लब विश्वकप अन्तर्गत पिएसजीले विजयी शुरुवात गरेको छ । खेलमा पिएसजीले एटलेटिको म्याड्रिडलाई ४–० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा फाबियन रुइज, भिटिन्हा, सेनी मायुलु र ली कांग इनले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ७८औं मिनेटमा क्लेमेन्ट लेंगलेटले रातो कार्ड पाएपछि एटलेटिको म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि समुह बि मा पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार