आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर

सोमबार, असार २ २०८२

काठमाडौं(जस)–नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा अब्बल दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ । यो निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तगर्त दिपलको प्रिमियम इभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन । यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउनेछ ।
ग्राहकले ६ महिनाको मासिक किस्ता निःशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क ७ किलोवाट वालचार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२÷८३ सालको निःशुल्क सडक कर पनि पाउने छन् । यो योजना दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ मा नेपालभरका दिपल सोरुममा उपलब्ध हुनेछ । एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दिपल बिक्री भइसकेको छ । जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर एचयुडी लगायत १० भन्दा बढी इन्डस्ट्रि फस्र्ट फिचरहरु छन् जसले दिपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी इभी बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार