आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

करार सेवाका कर्मचारी राख्ने व्यवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण

सोमबार, असार २ २०८२

काठमाडौँ, २ असार । नेपाल निजामती कर्मचारी सङ्गठनले सरकारी निकायमा करार सेवाका कर्मचारी राख्ने व्यवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अस्थायी र करार सेवामा काम गरिरहेका कर्मचारीलाई एक पटकका लागि उमेरको हद नलाग्ने गरी सीमित प्रतियोगिताबाट लोक सेवा आयोगको प्रक्रियाबाट स्थायी गर्ने र परीक्षा उत्तीर्ण हुन नसक्ने कर्मचारीलाई स्थायीसरहको उपदान दिएर अवकाश दिने व्यवस्था गरी करार सेवामा कर्मचारी राख्ने व्यवस्था अन्त्य गर्न सरकारलाई आग्रह गरेको हो ।

सङ्गठनका महासचिव रामचन्द्र अधिकारीले करार सेवामा काम लगाउने प्रवृत्ति सधैँका लागि अन्त्य गर्न एक पटकलाई उमेरको हद नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्ने व्यवस्था गर्नुपर्ने बताए। हाल सरकारको विभिन्न निकायमा एक लाखभन्दा बढी करार सेवामा कर्मचारी कार्यरत रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार