आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्यमा सुधार

आइतबार, असार १ २०८२

काठमाडौँ, १ असार । क्राान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्यमा सुधार देखिएको छ ।

दुई हप्तादेखि त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसियु) उपचाररत महासचिव वैद्यको स्वास्थ्यमा सुधार हुँदै गएपछि आइसियुबाट साधारण वार्डमा सारिएको उनका भान्जा प्रशान्त ओलीले जानकारी दिए ।

अस्पतालका प्रवक्ता एवम् सह–प्रा.डा. गोपाल सेडाईले वैद्यका अनुसार महासचिव वैद्यलाई दमको समस्याले गर्दा जेठ १५ गते अस्पतालमा भर्ना गरिएको थियो ।

हाल उनको छातीरोग विशेषज्ञ डा. निरज बमको निगरानीमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई पुरानो दम समस्या भएकाले यो समस्या बेलाबेलामा बल्झिने गर्छ ।

हाल उनको छातीरोग विशेषज्ञ डा. निरज बमको निगरानीमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई पुरानो दम समस्या भएकाले यो समस्या बेलाबेलामा बल्झिने गर्छ ।

गत पुसमा वैद्यलाई दमको समस्याले दुःख दिएर एक महिना शिक्षण अस्पतालमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार