काठमाडौं, १ असार । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा अडिएको छ। ११ अर्ब बढीको सेयर कारोबार भएको छ।
आज ३०८ स्क्रिप्सको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक सामान्य अंकले बढे पनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
ग्रीन डेभलपमेन्ट बैंक,पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावरको ९.८४ प्रतिशतले बढ्दा युनियन हाइड्रोपावरको ९।३४ प्रतिशतले बढयो।
कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ८९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी नगदी ग्रुपको ८७ करोडको सेयर कारोबार हुँदा बुटवल पावरको ६४ करोड,राधी विद्युत र माउन्टेलन इनर्जीको ५० र५० करोड बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ९० वटा स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो। पाँचवटा समूहको उपसूचक बढ्दा ८ वटाको घट्यो। डेभलपमेन्ट बैंक, हाइड्रोपावर, मनु एण्ड प्रो, नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक बढेको हो।