शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध

आइतबार, असार १ २०८२

\काठमाडौं, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार पनि प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ रास्वपा र राप्रपाका सांसदहरुले अवरोध गरेका हुन् ।

सभामुखले आकस्मिक समयमा बोल्न नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई समय दिएका थिए। त्यसपछि रास्वपा सांसद वेल घेराउ गर्न पुगेका छन् । रास्वपाका सांसदले नाराबाजी गरिरहेका छन् ।

भिजिट भिसा प्रकरणमा छानबिन आयोग वा समिति बनाउनुपर्ने उनीहररुको माग छ । गएको शुक्रबार (जेठ ३०)को बैठकमा पनि रास्वपा सांसदले वेल घेराउ गरेका थिए । राप्रपा सांसद भने गृहमन्त्री रमेश लेखकले जवाफ दिँदासम्म उभिएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) भने शुक्रबार सत्तापक्षसँग दुईबुँदे सहमति गरेर अवरोध नगर्न तयार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार