दम्माम, साउदी अरब । “नेपालका लागि नेपाली” भन्ने मूल नाराका साथ स्थापित गैर आवासीय नेपाली संघ (NRNA) अन्तर्गत साउदी अरबका विभिन्न क्षेत्रीय समन्वय समितिहरूका अधिवेशनहरू भव्य रूपमा सम्पन्न भएका छन्। यी अधिवेशनहरूबाट नयाँ नेतृत्व सर्वसम्मत तथा निर्विरोध रूपमा चयन गरिएको छ।
पूर्वी क्षेत्रीय समन्वय समिति, दम्माम – नवौं अधिवेशन
शुक्रवार दम्मामस्थित होलिडे होटलमा सम्पन्न पूर्वी क्षेत्रीय समन्वय समितिको नवौं अधिवेशनमा धन कुमार लामा सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको छ।
उहाँको नेतृत्वमा अनमोल ठकुरी वरिष्ठ उपाध्यक्ष, सी.बी. पाटा मगर कोषाध्यक्ष, र पासाङ शेर्पा सह–अध्यक्षका रूपमा निर्वाचित हुनुभएको छ। निर्वाचन समिति सदस्य पदम बहादुर महतका अनुसार अन्य सदस्यहरू पनि चयन गरिएका छन्।
यसअघि दुई कार्यकाल (२०२१–२०२३ र २०२३–२०२५) सफलतापूर्वक सञ्चालन गर्नुभएका निवर्तमान अध्यक्ष विष्णु प्रसाद भण्डारीले नेतृत्व हस्तान्तरण गर्नुभएको हो। कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष भण्डारीले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा एनआरएनए एनसिसि साउदी अरबका पूर्व अध्यक्ष तथा नेपाली दूतावास, रियादका जनसम्पर्क अधिकारी नारायण पासवान, विशिष्ट अतिथिमा पूर्व अध्यक्ष तेज थापा, वर्तमान अध्यक्ष रविना अर्याल, र एनसिसि सल्लाहकार तथा संरक्षक मण्डलको उपस्थिति रहेको थियो।
आरसिसि रियाद – दोस्रो अधिवेशनबाट जितेन्द्र थपलिया निर्विरोध अध्यक्षमा चयन
गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति रियाद (आरसिसि रियाद) को दोस्रो अधिवेशन अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा सम्पन्न भयो। यस अधिवेशनबाट जितेन्द्र थपलिया निर्विरोध अध्यक्षमा चयन हुनुभएको छ। उहाँको कार्यसमितिमा राजु बराल उपाध्यक्ष, देवेन्द्र विश्वकर्मा सचिव, अभिषेक खरेल सह–सचिव, मिनप्रसाद अधिकारी कोषाध्यक्ष, तुलसी दवाल सह–कोषाध्यक्ष, र प्रधून्न तिमल्सिना प्रवक्ता हुनुहुन्छ। साथै, जगजीवनराम, नरेश महरा, मुस्कान शर्मा, बमबहादुर सार्की, धीरज बिक, रोशन बस्नेत, कृष्णमाया हुमागाई, अनिल राणाभाट, मनोज भारती, गोपालप्रसाद आचार्य, र रोशनी श्रेष्ठ सदस्यका रूपमा निर्वाचित हुनुभएको छ।
आरसिसि जेद्धा – दण्डपाणी अर्यालको नेतृत्वमा नयाँ समिति चयन
गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्धाको निर्वाचनबाट दण्डपाणी अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँको नेतृत्वमा चिरञ्जीवी बस्नेत उपाध्यक्ष, देवराज अर्याल सचिव, कृष्ण कुमार थापा सह–सचिव, लक्ष्मण रोकाया कोषाध्यक्ष, र मोहनराज गुरुङ सह–कोषाध्यक्षका रूपमा चयन हुनुभएको छ। सन्तोष खड्का, प्रितम खड्का, र गोबिन्द बहादुर दियाल सदस्यका रूपमा निर्वाचित हुनुभएको छ।
आरसिसि अल कासिम – छैठौं अधिवेशन सम्पन्न, विनोद खड्का निर्विरोध अध्यक्ष
अल कासिमस्थित बुरैदामा सम्पन्न छैठौं अधिवेशन तथा श्रमिक सचेतना कार्यक्रममा विनोद खड्का अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ। उहाँको नयाँ कार्यसमितिमा बिर बहादुर तामाङ उपाध्यक्ष, सिद्धिलाल श्रेष्ठ सचिव, कृष्ण लोहनी सह–सचिव, चिरञ्जीवी अर्याल कोषाध्यक्ष, अली उर्सिन मिया सह–कोषाध्यक्ष, र मोहन जंग क्षेत्री युवा संयोजक हुनुहुन्छ। धन कुमार आचार्य, जीवन तामाङ, राकेश राज ठाकुर, किरण मोक्तान, र गुरु भट्टराई सदस्यका रूपमा निर्वाचित हुनुभएको छ।
आरसिसि जिजान–आभा–खमिस – चौथो अधिवेशन, शंकर पौडेल निर्विरोध अध्यक्ष
गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान–आभा–खमिसको चौथो अधिवेशन सम्पन्न भएको छ। यस अधिवेशनबाट शंकर पौडेल निर्विरोध अध्यक्षमा चयन हुनुभएको छ। उहाँको कार्यसमितिमा सन्तोष परियार र रबिन श्रेष्ठ उपाध्यक्षका रूपमा तथा डम्बर खड्का सचिवका रूपमा चयन हुनुभएको छ। अन्य पदाधिकारीहरूको चयन पनि गरिएको छ ।
साउदी अरबमा रहेका एनआरएनए क्षेत्रीय समन्वय समितिहरूले सफल अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेका छन्। यी समितिहरूले प्रवासी नेपालीको हकहित, सहकार्य र सेवामा अझ दृढ भई कार्य गर्ने विश्वास लिइएको छ।




