आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नाखिपोटका ४५ खेलाडीको वेल्ट टेष्ट सम्पन्न

शनिबार, जेष्ठ ३१ २०८२

काठमाडौं(जस)–ललितपुरको नखिपोटमा क्युकोशिनकाई करातेका ४५ जना खेलाडीको वेल्ट टेष्ट सम्पन्न भएको छ । आइ के ओ क्योकुशिनकाई डोजोमा प्रशिक्षणमा रहेका ४५ जना जुनियर खेलाडीहरुको वेल्ट टेष्ट शनिबार सम्पन्न भएको हो । डोजोका प्रमुख प्रशिक्षक सेन्सेई समीर श्रेष्ठले दिएको जानकारी अनुसार शुक्रबारबाट सुरु भएको वेल्ट टेष्ट शनिवार सम्पन्न भएको हो । उनका अनुसार बेल्ट टेष्टमा सहभागी खेलाडीमध्ये ३ जनाले सिनियर ब्राउन वेल्ट, ४ जनाले ब्राउन वेल्ट, ४ जनाले सिनियर ग्रीन वेल्ट, १० जनाले ग्रीन बेल्ट, ५ जनाले एल्लो, ६ जनाले ब्लु र १३ जनले अरेन्ज वेल्टको परीक्षा दिएका छन् ।
प्रत्येक तीन देखि चार महिनाभित्र बेल्ट टेष्ट हुने डोजोका प्रमुख प्रशिक्षक श्रेष्ठले जानकारी गराउनु भयो । दुई दिनसम्म चलेको वेल्ट टेष्टमा खेलाडीहरुले पूर्ण अनुशासनमा रहेर खेलका सबै नियमहरु पालना गरेर बेल्ट परीक्षा उतिर्ण गरेका हुन् । स्वीडेनको होन्बु शहरको इन्टरनेशनल कराते अर्गनाइजेशन क्योकुशिनकाईसंग आवद्ध इन्टरनेशनल कराते अर्गनाइजेशन क्योकुशिनकाई नेपालको माताहातमा रहेको केन्द्रीय डोजोको रुपमा सञ्चालित आइकेओ क्युकोशिनकाई कराते डोजोले हरेक बर्ष बार्षिक कार्यक्रमहरु तय गर्दै उत्कृष्ट खेलाडी तयार गर्दै आएको छ ।
डोजोमा प्रशिक्षणमा रहने खेलाडीहरुको खेल प्रतिभा प्रदर्शन गर्ने वातावरण मिलाउँदै आएको डोजोका प्रशिक्षक सेन्सेई उत्तम स्थापितले जानकारी गराए । यस डोजोमा आवद्ध खेलाडीहरुलाई अरु संघसंस्थाले आयोजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै खेलाडीहरुको ज्ञान, सीप र दक्षता वृद्धि गर्न डोजो सक्रिय रहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार