आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सदनको अवरोध हट्छ, हाम्रो विमति र आरोप–प्रत्यारोप हुँदैन : प्रचण्ड

शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौँ, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदनको अवरोध हट्ने बताएका छन्।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उनले दलबीच हस्ताक्षरको अन्तिम तयारी भइरहेको र हस्ताक्षरपछि सदन खुल्ने जानकारी गराए।

लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन्। शुक्रवारबाट भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले अवरोध नगर्ने बताएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफूहरूको मुलभूत विषयमा केही फरक नरहेको र रास्वपाले आफ्ना अडानहरू केही समयका लागि विरोध गरेरै जानसक्ने उनले बताए।

उनले भने, ‘हस्ताक्षरको अन्तिम तयारी हुँदैछ। हस्ताक्षर हुन्छ, हाउस खुल्छ। रास्वपासँग हाम्रो मुलभूत विषयमा केही फरक छैन। तर उहाँहरूका केही अडानका कारणले केही समय उहाँहरू आफ्नो ढंगले जानुहुन्छ तर हाम्रो विमति र आरोप, प्रत्यारोप हुँदैन।’

प्रतिक्रिया
सम्बन्धित समाचार