आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मुग्लिन–मलेखु सडकखण्ड आजदेखि रातिको समयमा बन्द रहने

शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौं, ३० जेठ । मुग्लिन–मलेखु सडकखण्ड आजदेखि रातिको समयमा बन्द रहने भएको छ ।

सडक स्तरोन्नतिका लागि आजदेखि आगामी असार ७ गतेसम्म राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागन बन्द रहने नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) ले जनाएको छ ।

आयोजनाका अनुसार, यस अवधिमा अत्यावश्यकबाहेक सबै सवारीसाधानको आवागमन बन्द रहनेछ ।

आयोजनाका प्रमुख केदारप्रसाद नेपालले बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कामका लागि सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार, मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मुग्लिन र हलुका सवारीसाधन कुरिनटारमा रोकिनेछ । यस्तै, मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मलेखु र हलुका सवारीसाधन शीतलबजारमा रोकिनेछ ।

रोकिएका सवारीसाधनलाई बिहान ३ बजेपछि मात्रै छोडिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार