काठमाडौं, ३० जेठ । काठमाडौं महानगरपालिकाले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहकार्यमा रानीपोखरीमा डुबान बिपद् अभ्यास गरेको छ ।
मनसुन सक्रिय भएसँगै हुनसक्ने घटनाका लागि बिपद अभ्यास कार्य गरेको हो । बाढी र डुबानमा परेकालाई उद्धार गर्नेबारे अभ्यास गरेको हो।
अभ्यासमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू उपस्थित थिए।
मनसुन सक्रिय हुँदै गएपछि अधिकांश ठाउँमा वर्षा भइरहेको छ। यस वर्षको मनसुनजन्य विपदबाट करिब २० लाख सर्वसाधारण प्रभावित हुने आकलन गरिएको छ।