आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सुनको मूल्य तोलामा ४२ सय रुपैयाँले बढ्यो

शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौं, ३० जेठ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार १०० रुपैयाँ कायम छ । बिहीबार (जेठ २९) छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको दुई हजार १६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार