आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सीजी मोटर्स हिरोले पोखरामा ‘एक्सट्रयाक’ ईभेन्ट आयोजना गर्ने

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं(जस)–सीजी हिरो मोटोकर्पले दोश्रो संस्करणको रुपमा ‘एक्सट्रयाक’ ईभेन्ट आयोजना गर्ने भएको छ । कम्पनीले पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित ‘डर्ट टेम्पल’ मा ३ सय भन्दा बढी राईडरहरुको सहभागितामा सम्पन्न गरेको उक्त ईभेन्ट पर्यटनको मुटु पोखरामा यही जेठ ३१ गते शनिबारको दिन आयोजना गर्न लागेको हो । उक्त ईभेन्टमा मोटरसाईकल प्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ ।
ईभेन्टमा सहभागिहरुले हिरोको एडभेन्चर श्रेणीका मोटरसाईकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रुपमा डिजाईन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राईडको स्किलको समेत परिक्षण गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यवसायिक मार्शलहरुको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागिहरुले आफ्ना अफरोड राइडिङ कलाको टेस्ट गर्नुका साथै थप राइडिङ टिप्स् पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।
पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने वहुप्रतिक्षित ‘एक्सट्रयाक इभेन्ट’ बिहान १० बजेबाट शुरु हुनेछ । यस ईभेन्टमा सहभागिता जनाउन चहानु हुने ईच्छुक महानुभावहरुले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रुपमा रजिष्ट्रेसन गरि आफ्नो सिट सुरक्षित गर्न सकिनेछ । सहभागिताका लागि ईच्छुक राईडरहरुले चालक अनुमती पत्रका साथ सेफ्टी गियरहरु आफ्नो साथमामा लिएर आउनु पर्नेछ । ईभेन्टमा सहभागी तथा अनुभवी राईडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फबाट मोटरसाईकल उपलब्ध गराईनेछ । साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले वताएको छ । उक्त ईभेन्टको मुख्य उद्देश्य मोटरसाईकल प्रेमी युवा पुस्ताहरुमा मोटरसाईकल संस्कृतिको प्रवद्र्धन गनुका साथै सी.जी. हिरो मोटोकर्पले वजारमा उपलव्ध गराउँदै आएका अत्याधुनिक प्रविधीमा सुसज्जित मोटरसाईकलहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नुपनि हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार