काठमाडौं, २८ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
बैठक सुरू हुनासाथ विपक्षी दलहरूले सिटबाट उठेर अवरोध सुरू गरेका थिए। गृहमन्त्रीको राजीनामा दिनुपर्ने अडानबाट पछि नहटेपछि अवरोधकै बीच संसद सञ्चालन गर्न नसकिने भन्दै सभामुखले भोलि दिउँसो ३ बजेसम्मका लागि संसद स्थगित गरेको घोषणा गरे।
सभामुख देवराज घिमिरेले सदन चलाउन सहयोग गर्न आग्रह गर्दा पनि उनीहरूले अवरोध कायमै राखे।
प्रतिनिधिसभाको आजको सम्पूर्ण कार्यक्रम सूचीबाट हटाएको जानकारी गराउँदै सभामुखले बैठक स्थगित भएको घोषणा गरेका हुन्। सभामुख देवराज घिमिरेले सदन चलाउन सहयोग गर्न आग्रह गर्दा पनि उनीहरूले अवरोध कायमै राखे।