काठमाडौं, २७ जेठ । काठमाडौंको नागार्जुन नगरपालिका ४ रानीपाटी पानीट्यांकी नजिक एक घरमा जुवा तास खेलिरहेका आठ जना पक्राउ परेका छन्।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले गुल्मीको रेसुंगा गाउँपालिका ८ की ३२ की उषा थापासहित ८ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट एक लाख १० हजार ६३० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ।
पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।