मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

हुम्लाका उच्च स्थानमा हिमपात

आइतबार, जेष्ठ १८ २०८२

हुम्ला १८ जेठ । जिल्लाका उच्च स्थानमा आइतबार हिमपात भएको छ । शनिबार राति वर्षा भएपछि जिल्लाका उच्च स्थानमा हिमपात भएको हो ।

मानसरोवर नमूना माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले सिमकोट क्षेत्रकै अग्ला स्थान, मारगोर, रलिङ, पञ्चमुखी, छोवाखोर, बोक्सी हिमाल, रानी सैना क्षेत्रमा हिमपात भएको बताए ।

यसैगरी, नाम्खा गाउँपालिका– ६ का जडा अध्यक्ष पाल्जोर तामाङका अनुसार नाम्खा गाउँपालिकाको नारा, न्यालु,, लाप्चा क्षेत्रका उच्च स्थानमा पनि हिमपात भएको छ । हिमपात भएको क्षेत्रमा चार हजार पाँच सयदेखि पाँच हजारको उचाइमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार