मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

पस्मिना प्रदर्शनी सम्पन्न

शनिबार, माघ १२ २०८१

काठमाडौं(जस)–नेपाल पस्मिना उद्योग संघले आयोजना गरेको पस्मिना प्रदर्शनी शनिबारबाट सकिएको छ । माघ १० गतेबाट सुरु भएको तीन दिने पस्मिना प्रदर्शनी सकिएको हो । नेपाली उत्पादनको प्रवद्र्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी सुरू भएको थियो । मेलामा १५० भन्दा बढी स्वदेशी स्टलहरू रहेका छन् भने ४० भन्दा बढी शुद्ध नेपाली पस्मिनाका स्टलहरू, च्याङ्ग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पस्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरू छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार