मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

चेम्बरका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

शनिबार, माघ १२ २०८१

काठमाडौं(जस)–नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । ‘तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१’ को अवसरमा मल्ल सम्मानित भएका हुन् । व्यापार र उद्योग क्षेत्रको विकासमा पु¥याएको योगदानको कदरस्वरूप मल्ल सम्मानित भएका हुन् । उनी ४० वर्षदेखि व्यावसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् ।
व्यावसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको आयोजकले बताएका छन । अध्यक्ष मल्लले कर्पोरेटसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । सम्मानित मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए । पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले मल्ललाई संयुक्त रूपमा सम्मान गरे । मल्लले नेपालको व्यापार र उद्योग क्षेत्रको विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै सम्मान प्रदान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार