मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धी निर्देशिका कार्यान्वयन गर्न महासंघको आह्वान

सोमबार, माघ ७ २०८१

काठमाडौं(जस)–नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ एवं सम्पूर्ण सदस्यलाई आह्वान गरेको छ । महासंघको आग्रहमा मन्त्रिपरिषद्को २८ मंसिरको बैठकबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित भएको र यो निर्णय स्वागतयोग्य रहेको महासंघ अध्यक्ष चन्द्र ढकालले बताए ।
सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन अधिकतम प्रयोग गरी स्वदेशी वस्तु उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्न एवं सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग थप प्रभावकारी बनाउन सरकारले यो निर्देशिका जारी गरेको हो । सरकारको यो निर्णयबाट स्वदेशी उत्पादन प्रवद्र्धन गर्न निकै सहयोग पुग्नेमा विश्वास गर्दै महासंघले आफ्ना सबै सदस्यमा सम्भव भएसम्म नेपाली उत्पादन प्रयोग र प्रवद्र्धन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार