मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

पाँचतारे होटल मक्र्योरको प्रधानमन्त्रीबाट उद्घाटन

बुधबार, माघ २ २०८१

काठमाडौं(जस)–काठमाडौंस्थित मक्र्योर होटल सुकेधारा हाइट्स बुधबारबाट सञ्चालनमा आएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको उद्घाटन गरि होटलको सेवा सुविधा सञ्चालनमा ल्याएको हो । उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र फ्रान्सको सम्बन्ध बहुआयामिक रहेको बताउँदै यो होटल व्यवसायले यसलाई अझ मजबुद बनाउने बताए । उनले भने ‘ होटलले नयाँ शिलशिला सुरु गरेको छ । होटल ब्यवसायबाट पर्यटकीय विकास सँग सँगै मुलुकको आर्थिक विकास मा समेत टेवा पुग्ने छ ।’ उनले पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे ।
काठमाडौंको मुटुमा अवस्थित यो नयाँ होटलले प्रत्येक ठाउँका मौलिकता प्रस्तुत गर्ने मक्र्योरको प्रतिबद्धता प्रतिबिम्बित गर्दै सबै यात्रुहरूलाई न्यानो र आत्मीय बसाइ प्रदान गर्ने जनाएको छ । मक्र्योर काठमाडौं सुकेधारा हाइट्समा सोचविचार गरेर डिजाइन गरिएका हरेक कोठामा काठमाडौंको भावना भरिएका छन् । पाहुनाहरूले अत्याधुनिक सुविधा, प्राकृतिक प्रकाश र फराकिलो दृश्यसहित शहर वरपरका डाँडाकाँडा र शानदार हिमालहरुका मनोरम दृश्यहरू देखिने सबै कोठाहरू रुम कन्फिगरेसनको दायराबाट छनौट गर्न सक्छन् ।
परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरूले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गर्दछ । होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरूको अनुभव पनि हो । दिनभरि चल्ने भोजन रेस्टुरेन्ट डाइनले अन्तर्राष्ट्रिय क्लासिक्सदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्दछ ।
सोप्रा इटालियनले अथेन्टिक इटालियन खाना प्रदान गर्दछ भने जाइकाले परम्परागत भारतीय खाना र यसका मसलाहरूको बास्ना प्रदान गर्दछ । थप आरामदायी वातावरण खोज्नेहरूका लागि शुक्र बारले भित्री र बाहिरी दुवै सिटहरु भएको रूफटप लाउन्ज सेटिंग प्रदान गर्दछ जुन रोमान्चक दृश्यहरूको आनन्द लिनको लागि उत्तम छ ।
पाहुनाहरूले होटलको रूफटप इन्फिनिटी पूलमा काठमाडौं उपत्यकाका दृश्यहरू हेर्दै आराम गर्न सक्ने छन् भने स्टीम र साउना सुविधा सहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न पनि सक्नेछन् । आफ्नो बसाइको समयमा पाहुनाहरूले यी सुविधाहरू लिन सक्छन् । मक्र्योर काठमाडौं सुकेधारा हाइट्सले विवाहदेखि कर्पोरेट बैठक र सामाजिक उत्सवहरूसम्मका कार्यक्रम र जमघटहरूको लागि उपयुक्त स्थान पनि प्रदान गर्दछ । समर्पित कार्यक्रम टोलीले एक निर्बाध र यादगार अनुभव प्रदान गर्दै प्रत्येक अवसरलाई पूर्ण बनाउने छन् ।
‘मक्र्योर काठमाडौं सुकेधारा हाइट्सको उद्घाटन एसियाभरि एकोरको विस्तार यात्रामा एक प्रमुख कोसेढुंगा हो । यो होटल हामीले सेवा गर्ने गन्तव्यहरूको समृद्ध संस्कृति र सम्पदाको उत्सव मनाउँदै यात्रुहरूलाई विशिष्ट र इमर्सिभ अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ । मक्र्योर काठमाडौं सुकेधारा हाइट्सले प्रत्येक स्थानको सम्पदा प्रबर्धन गर्ने हाम्रो लक्ष्यलाई मूर्त रूप दिन्छ’, एकोरका प्रिमियम, मिडस्केल र इकोनोमी डिभिजन, एसियाका चिफ अपरेटिंग अफिसर गार्थ सिमन्सले भने ।
‘मक्र्योरसँग सहकार्य गरी यो सम्मानित ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्दित र्छौ’, द मेट्रोपोलिटन होटल प्राइभेट लिमिटेडका अध्यक्ष देश बन्धु बस्नेत (अजित) ले भने ‘नेपालको जीवन्त संस्कृति र परम्परालाई अँगाल्दै असाधारण आतिथ्य प्रदान गर्ने हाम्रो साझा दृष्टिकोण अनुसार यो साझेदारी गरिएको हो । मक्र्योर काठमाडौं सुकेधारा हाइट्स अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको समृद्ध सम्पदा दुवै प्रदान गर्दै पाहुनाका लागि विशेष अनुभवहरू सिर्जना गर्न प्रतिबद्ध छ ।’ यात्रुहरूको रोमन देवता मक्र्योरीबाट प्रेरित मक्र्योर होटलहरू सुत्ने ठाउँ मात्र होइनन्, यी त गन्तव्यका पोर्टल हुन्, ठाउँहरूको खोज र अन्वेषण गर्ने न्यानो निमन्त्रणा हुन् ।
सन् १९७३ मा स्थापना भएदेखि मक्र्योर पाहुनाहरूका लागि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरू प्रबर्धन गर्न समर्पित छ । ६० भन्दा बढी देशहरूमा १,००० भन्दा बढी होटलहरूको विश्वव्यापी पोर्टफोलियो भएको र २२० भन्दा बढी अन्य संरचनाहरू विकास गर्दै गरेको मक्र्योर प्रत्येक गन्तव्यका मौलिकता प्रबर्धन गर्न समर्पित छ । पाहुनाहरूले आफ्नो बसाइको समयमा एकोरको पुरस्कारप्राप्त लाइफस्टाइल लोयालिटी कार्यक्रम अलको समेत फाइदा लिन सक्छन् । सबै सदस्यहरूले आफ्नो बसाइको समयमा अंक कमाउँछन् जुन विश्वव्यापी रूपमा पुरस्कार, सेवा र अनुभवहरूको लागि रिडिम गर्न सकिन्छ । सदस्यता निःशुल्क छ र धधध।ििब।अयm मा सजिलैसँग सामेल हुन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार