मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

प्रभु बैंकको २३औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित

मंगलबार, माघ १ २०८१

काठमाडौँ(जस)–प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै सम्पन्न भएको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएका छन् । साथै बैंकको निर्वाचन प्रक्रिया मार्फत संस्थापक समूह तर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र बृष बहादुर बस्नेत र सर्वसाधारण समूहतर्फ सुरज कुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग कार्की गरी ६ जना सञ्चालकहरु आगामी ४ वर्षको कार्यकालको लागि निर्वाचित भएका छन ।
प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ७९ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २८६ वटा एटिएम तथा ३११ वटा शाखा कार्यालयहरु सहित देशभर पैmलिएको आप्mनो बैंकिङ्ग सञ्जालको माध्यमबाट ३५ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार