मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

प्लानेट क्लव दोहामा सांगीतिक प्रस्तुतिका लागी कन्दरा ब्यान्ड कतारमा

बुधबार, पुष २४ २०८१

दोहा, आफ्नो सांगीतिक यात्राको ३२औं वर्षगाँठको अवसरमा ‘पहिला घरदेखि अनि परदेश’को नारासहित विश्व भ्रमणमा निस्केको सांगीतिक ब्यान्ड ‘कन्दरा’ बुधबार बिहान कतार आइपुगेको छ । कतारको भिआईपी होटलको एम फ्लोरमा रहेको प्लानेट लाउन्ज एन्ड क्लब’मा सांगीतिक प्रस्तुतिका लागी कन्दरा ब्यान्ड कतारमा आएको हो ।
‘कन्दरा’ले आउँदो १७ जनवरीमा कतारको ‘प्लानेट लन्ज एन्ड क्लब’मा आफ्नो प्रस्तुति दिँने जनाएको छ । बेलायतको सांगीतिक कार्यक्रम सकेर कतार आइपुगेको ब्यान्डलाई कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । ब्यान्डको स्वागतका लागि कार्यक्रम संयोजक रोशन अर्यालसहित क्लवका ब्यबस्थापक तथा अन्य व्यक्तित्वहरू विमानस्थल पुगेका थिए । विमानस्थलबाट ब्यान्डसहित गायक विवेक श्रेष्ठले १७ तारिकका लागि कतारवासी नेपालीहरूलाई चुल्हे निम्तो दिएका थिए ।
कन्दराले ‘तिमी पारी’, ‘चन्चले कान्छी’, ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ जस्ता बहुचर्चित गीत प्रस्तुत गर्नेछन् । कन्दराले आत्मसात गरेको लोक पप धुनहरू लाखौं शुभचिन्तक र दर्शकको रोजाइमा पर्ने गरेका छन् । प्लानेट क्लबका सञ्चालक प्रवीन गुरुङले नेपाली संगीत धरोहरको रूपमा रहेको कन्दरा ब्यान्डको यस ऐतिहासिक साँझको हिस्सा बनी नेपाली गीत सङ्गीत प्रवर्द्धनमा सरिक बन्न सबै कतारवासी नेपालीलाई अनुरोध गरेका छन् ।
कार्यक्रममा प्रवेशका लागि भिआइपी १००, पुरुष ७० र महिलाका लागि ३५ कतारी रियालको टिकट लाग्नेछ भने भिआइपी टेबलका लागि पूर्व बुकिङसमेत खुला गरिएको क्लबले जनाएको छ । पूर्व बुकिङ गर्नेका लागि विशेष छुट मिल्ने कार्यक्रम संयोजक अर्यालले बताए । अर्यालले कार्यक्रमका लागि क्लबको ढोका साँझ ६ बजेबाट खुल्ने र साँझ ८ बजेबाट सांगीतिक प्रस्तुति सुरु हुने बताए । दोहाको मुटु मुग्लिनामा रहेको भिआइपी होटेलको एम फ्लोरमा रहेको क्लबमा कन्दराको प्रस्तुति सुरु हुनु पूर्व इन हाउस ब्यान्ड ‘मुन वाकर्स’को धमाकेदार प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
कतारको भिआईपी होटलको एम फ्लोरमा रहेको प्लानेट लाउन्ज एन्ड क्लब’ हाल कतारका उत्कृष्ट क्लवहरुको सुचिमा रहेको छ । क्लवले हरेक दिन विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ । क्लवलाई दोहाकै उत्कृष्ट क्लव बनाउन आफुहरु लागि परेको संचालक गुरुङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार