मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

मुक्तिनाथको ’एनिभर्सरी’ योजनामा नगददेखि मोबाइल फोन उपहारसम्म

बुधबार, पुष २४ २०८१

काठमाडौं(जस)–मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वर्ष प्रवेश गरेको अवसरमा आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ एनिभर्सरी बोनान्जायोजना अन्तरगत विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजना अनुसार बैंकको मोबाइल बैंकिङ्गमा भएको कनेक्ट आइपीएस मार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरु मध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोबाइल फोन प्रदान गरिने छ । यसैगरी रु १०० वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत रु १००को टपअप प्राप्त गर्नेछन् । यो योजना २०८१ पौष १९ गते देखि २०८१ माघ १९ गते सम्मका लागि रहनेछ ।
दोस्रो योजना अनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग मार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम रु १०,१२५ सम्म प्राप्त गर्न सक्नेछन । यो योजना २०८१ पौष १९ गतेदेखि माघ १९ गते सम्मका लागि हुनेछ ।
तेस्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेका मर्चेन्टहरुले यस अवधिमा कारोवार संख्या ३ र रकम रु २०० सम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत क्mबचत ध्बतअज प्राप्त गर्नेछन् त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा रु २०० सम्मको रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस प्रकारका मर्चेन्टहरुमध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत क्mबचत ध्बतअज प्राप्त गर्नेछन् । यो योजना २०८१ पौष १९ गते देखि पौष २५ गते सम्मका लागि हुनेछ ।
यसका साथै मोबाइल बैंकिङ्ग मार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत रु १००० क्यासब्याक प्रदान गरिने छ । साथै क्यूआरमार्फत बिल भुक्तानी गर्ने ग्राहकहरु मध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत रु ५०० का दरले क्यास व्याक प्रदान गरिने छ । यो योजना २०८१ पौष १९ गते देखि पौष २५ गते सम्मका लागि हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार