मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

तराई वैदेशिक रोजगार व्यवसायी समाजमा यादव

शनिबार, पुष २० २०८१

काठमाडौं(जस)–तराई वैदेशिक रोजगार व्यवसायी समाजको अध्यक्षमा नवल किशोर यादव चयन भएका छन् । शनिबार राजधानीमा सम्पन्न साधारणसभाले यादवको अध्यक्षमा १६ सदयस्यीय सर्वसम्मत कार्यसमिति चयन गरेको हो । यसअघि तदर्थ कार्यसमिति हुँदा पनि समाजको अध्यक्षमा यादवनै रहेका थिए । यादव सान नेपाल प्रालिका सञ्चालक यादव हुन् ।
साधारणसभाले समाजका अन्य पदाधिकारी तथा सदस्यहरू पनि चयन गरेको छ । जसअनुसार प्रथम उपाध्यक्षमा अख्तर हुसेन, द्वितीय उपाध्यक्षमा राजेश्वर कुमार राय, तृतीय उपाध्यक्षमा कामेश्वर शाह, महासचिवमा दिनेश कुमार राय, सचिवमा श्यामसुन्दर शाह, कोषाध्यक्षमा सबिता कुमारी सिंह निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरूमा आनन्द चौधरी, ओमप्रकाश शाह, रामबाबु महतो, अनवर अली मियाँ, राम एकबाल महतो, राजेश यादव, सुशील कुमार कुशवाहा, भूपाल प्रसाद साह, राजेश्वर यादव, र मोहम्मद हजरत अली निर्वाचित भएका छन् । नवनिर्वाचित यादवले आफूले व्यवसायीको हकहितका लागि प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए । समाजमा १५० को हाराहारीमा व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार