सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेपाली जनसम्पर्क समिति कतारको बृहत रक्तदान कार्यक्रम सम्पन्न

शनिबार, पुष २० २०८१

कतार(जस)–४९औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली जनसम्पर्क समिति कतारले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हमद हास्पिटलको ब्लड डोनेट सेंटरमा नेपाली रक्तदाता संघ कतारको समन्वयमा समितिको नवौ रक्तदान कार्यक्रम सम्पन्न भएको हो रक्तदानका लागि ७८ जनाले नाम दर्ता गराएका थिए जसमध्य ५२ जनाले मापदण्ड पूरा गरी रक्तदान गरेका थिए । कार्यक्रममा पहिलो रक्तदान नेपाली जनसम्पर्क समिति कतारका संस्थापक महामन्त्री बिमल सुवेदीले गरेका थिए भने अन्तिम रक्तदाता राम बहादुर साउद बनेका थिए ।
नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलिले पहिलो रक्तदातालाई धन्यवाद दिदै सुरू भएको रक्तदान कार्यक्रममा दोहामा स्थापित वैचारिक तथा सामाजिक संघसंस्था जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी,समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली काँग्रेसले पार्टीका संस्थापक नेता महामानव बीपी कोइराला, लौह पुरुष गणेशमान सिंह, महिला नेतृ शैलजा आचार्य लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी मेलमिलापको अवधारणा लिएर भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने गरिन्छ । जनसम्पर्क समिति कतारले पनि मेलमिलाप दिवसको अवसर पारेर हरेक बर्ष बिभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
सभापति सहित संस्थाका संस्थापक सभापति नरेन्द्र भाट संस्थापक प्रमुख सल्लाहकार बद्री पाण्डे संस्थापक महामन्त्री बिमल सुवेदी लगायतले रक्तदाता हरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार सल्लाहकारहरु कार्यसमितिका पदाधिकारी इकाई कमिटीका सभापतिहरुले सहजीकरण गरेका थिए । राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रमका संयोजक तथा उपसभापति ठाकुर कुमार परियार नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सहभागीहरुको सूचीकृत र खानपीन ब्यवस्थापनमा महामन्त्री केदार भूसाल सहमहामन्त्री खगेन्द्र खनाल सचिवालय सदस्य छबीलाल भट्टराई गण्डकी प्रदेश संयोजक बिकास भुजेल र लीला राई ले गरेका थिए ।
कतार सरकारको मातहातमा रहेको हमाद हास्पिटलको नेशनल ब्लड सेंटरले संस्थालाई प्रमाण पत्र प्रदान गरेको थियो उक्त प्रमाण पत्र ग्रहण गर्दै रक्तदान जस्तो पुण्य कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने बिभिन्न संस्थाहरु विशेष गरेर रक्तदान गर्ने र नाम दर्ता गरेर पनि मापदण्ड अनुसार रक्तदान गर्न नपाएका लगायत उपस्थित सबैलाई समितिका सभापति अजिज अलिले धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार