मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

फोनपे बिल्सबाट इन्टरनेट बिल तिर्दा १ वर्षको निःशुल्क इन्टरनेट पाइने

बुधबार, पुष १० २०८१

काठमाडौं(जस)–फोनपेले ‘नेट सेट गो’ अभियान सार्वजनिक गरेको छ । उक्त अभियानमा इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर समेत अफर ल्याएको छ । यस अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन गर्ने कम्पनीको अपेक्षा रहेको छ । ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ ।
यस अभियानको अवधि पौष २९, २०८१ सम्म मात्र हुने कम्पनीले जनाएको छ । लक्की ड्रा मार्फत विजेताहरूको चयन गरिने र ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्ने छन् । यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार