मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

ज्योति विकास बैंकले यस वर्ष पनि लाभांश वितरण नगर्ने

शनिबार, मंसिर २९ २०८१

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न प्रतिवेदन नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय गर्दै गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ देखि लाभांश वितरण गरेको छैन् । उक्त वर्ष भने कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार