मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

महालक्ष्मी विकास बैंकद्धारा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन

शनिबार, मंसिर २९ २०८१

काठमाडौं(जस)–महालक्ष्मी विकास बैंकले बिहीबार आयोजित एक कार्यक्रमका बीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन गरेको छ । ग्राहकहलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने बैंकको निति बमोजिम डिजिटल भुक्तानी केन्द्र मार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरु प्रवाह गरिने बैंकले जनाएको छ ।
यसअन्तर्गत सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्महरुको प्रयोग गरी बैंकले सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहाने विधार्थीहरुको आवेदन तथा अध्ययन शुल्क, पि.टि.ई, स्याट, यु. एस.एम.एल.ई, जि.आर.ई, ए.सी.सी.ए जस्ता कोर्सहरुको शुल्क तथा सेभिज शुल्कको भुक्तानी गरिदिने जनाइएको छ । यस किसिमको सेवाको शुभारम्भ सँगै ग्राहकहरुको नविनत्तम भुक्तानीका माध्यमहरुको प्रयोग गरी शुल्क भुक्तानी गर्ने चाहानाको सम्बोधन हुने विश्वास बैंकले लिएको छ ।
यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार