मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

सिप्रदी ट्रेडिङ्ग र बोस्चकबीत मर्मत सेवासम्बन्धी सम्झौता

शनिबार, मंसिर २९ २०८१

काठमाडौं(जस)–एक विशेष समारोह बिच नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी टे«डिङ्ग प्रालि. र बोस्च लिमिटेड बिच टाटा कमर्सियल गाडीहरुमा जडान भएका बोस्च एफ. आई. पि हरुको मर्मत तथा संभार सम्बन्धि सेवाको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात् अब टाटा कमर्सियल गाडीहरुको एफ.आई.पि सम्बन्धि मर्मत संभारकार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकहरुले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरको सेवा उपलब्ध गराउने सिप्रदीको प्रतिबद्घतालाई थप सशक्त बनाएको छ ।
त्यस अवसरमा सिप्रदी ट्रेडिङ्ग प्रा लि का उपाध्यक्ष सौरभराज थपलियाले भने,“यस सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई एफ.आई.पि मर्मत निश्चित मूल्य र कम लागतमा सेवा प्रदान गर्न सक्षम बनाउनुका साथै सिप्रदी तथा बोस्चको विस्तारित सर्भिस संजालले गर्दा अझ पहुँचयोग्य र किफायती बन्नेछ । ’
त्यसैगरि बोस्च इन्डियाका नेपाल प्रतिनिधि सन्दिप कामतले यस सहकार्यको महत्वलाई उजागर गर्दे भने, “ सिफारिस नगरिएका तथा नन् जेन्यूइन पार्टपूर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरुले बारम्बार भोग्दै आइरहेका समस्याहरुको दिगो समाधान यस सम्झौताले प्रदान गर्ने छ । अब सत्प्रतिसत बोस्चको जेन्यूइन पार्टस्हरुको प्रयोग गरि निश्चित मूल्य, न्यूनतम लागतमा उच्च गुणस्तरको सेवा ग्राहकहरुले प्राप्त गर्न सक्ने छन्” । यो सेवा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुबाट प्राप्त गर्न सकिने छ । एफ.आई.पि मर्मत सम्बन्धि कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउदाँ ग्राहकहरुले निश्चित मूल्यमा मर्मत कार्य पाउनुको साथै गुणस्तरको प्रत्याभूती प्रदान गर्नका लागि कम्पनिले जेन्यूइन पार्ट्सहरुमा ६ महिना सम्मको वारेन्टी सुविधा पनि प्रदान गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार