मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

बैंकर्स संघको नयाँ नेतृत्वका लागि निर्वाचन हुने, अध्यक्षमा २ जनाको उम्मेद्‌वारी दर्ता

बिहिबार, मंसिर २७ २०८१

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा २ जनाले उम्मेद्वारी दिएका छन् ।

संघको आगामी कार्यकालका लागि माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी दिएका छन् । कोइराला हाल संघको उपाध्यक्ष रहेका छन् । पुस ३ गते हुने संघको ३८औं साधारणसभाले नयाँ नेतृत्व चयन हुनेछ ।

संघमा करिब एक दशक यता अध्यक्ष चयन गर्दा निर्वाचन भएको छैन । उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रचलन रहेको छ । संघमा उपेन्द्र पौडेल, राजनसिंह भण्डारी, अनिल शाह, ज्ञानेन्द्र ढुंगाना, भुवन दहाल, अनिल उपाध्याय र सुनिल केसी उपाध्यक्षबाट अध्यक्ष बनेका छन् । हाल संघमा केसी अध्यक्ष रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार