मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने

बुधबार, मंसिर २६ २०८१

काठमाडौं(जस)–माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश (बोनस सेयर र नगद) वितरण नगर्ने निर्णय गरेको हो । उक्त मुनाफा रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार