मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा सागर ढकाल चयन

शनिबार, मंसिर २२ २०८१

काठमाडौं(जस)–स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल (एसबान) को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिए पनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा निर्वाचनमा जाने तय भएको थियो ।
सोही अनुसार शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन् । उनका प्रतिद्वन्दी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन् । एसोसीएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वाििचत भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार