सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कतारको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

बिहिबार, कार्तिक ८ २०८१

काठमाडौं(जस)–राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ उपधारा (१) बमोजिम पौडेललाई कतारका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् । राष्ट्रपतिका कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले पौडेललाई राजदूतमा नियुक्ति गरिएको जानकारी दिएका छन् । मन्त्रिपरिषद्ले उनको नाम राजदूतमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले पौडेलको नाम अनुमोदन गरेपछि राष्ट्रपति राजदूत नियुक्त गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार