मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

श्रमिकहरूको हित संरक्षणमा जोड दिने कतारका लागि प्रस्तावित राजदूत पौडेलको कार्ययोजना

श्रमिकको समस्या समाधान गर्न सांसदहरूको सुझाव

बुधबार, भाद्र १९ २०८१

काठमाडौं(जस)–संसदीय सुनुवाइ समितिमा कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । मंगलबार सिहंदरबारमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् । आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले कतारमा श्रमिक कामदारहरुले मात्र काम गर्न पाउने अनुमति भएको भन्दै विभिन्न क्षेत्रका प्राविधिक, चिकित्सक, व्यवस्थापक, सूचना प्रविधि विज्ञ लगायतलाई सेवा प्रवेश गर्न पाउने प्रावधानका लागि पहल गरिने प्रतिबद्धता जनाए ।
उनले भने, ‘कतारमा श्रमिक कामदारहरुलाई मात्र काम गर्न पाउने अनुमति भएकोमा विभिन्न क्षेत्रका प्राविधिक, चिकित्सक, व्यवस्थापक, सूचना प्रविधि विज्ञ, आर्किटेक आदिलाई सेवा प्रवेश गर्न पाउने प्रावधानका लागि पहल गरिने छ ।’ यस्तै, उनले कतारमा कार्यरत श्रमिकहरुले प्राप्त गर्ने पारिश्रमिक वापतको विदेशी मुद्राको अपचलन भए नभएको र कामदार ठगीमा परे नपरेको यकिन गर्ने र हुने गरेको रहेछ भने नियन्त्रण गर्न पहल गर्ने पनि प्रतिबद्धता जनाए ।
उनले भने, ‘कतारमा कार्यरत श्रमिकहरुले प्राप्त गर्ने पारिश्रमिक वापतको विदेशी मुद्राको अपचलन भए नभएको र कामदार ठगीमा परे नपरेको यकिन गर्ने, हुने गरेको रहेछ भने नियंत्रण गर्न पहल गर्ने र बैंकिङ् च्यानल प्रयोग गर्न प्रोत्साहित गर्ने । साथै रकम पठाउन लाग्ने दस्तुर कम गर्न पहल गर्ने ।’ उनले कतारमा रहेका नेपाली श्रमिकहरूको हित संरक्षण तथा प्रवद्र्धनमा जोड दिएर काम गर्ने पनि बताएका छन् । साथै, नेपाल–कतार कूटनीतिक सम्बन्ध विस्तार गर्दै सरकारको परराष्ट्र नीति र अख्तियारीको दायराभित्र रहेर नियोगलाई प्राप्त हुने भौतिक श्रोत साधनको अधिकतम सदुपयोग गरी द्विपक्षीय सम्बन्धलाई थप विस्तार, सुदृढ गर्न भूमिका खेल्ने पनि बताए ।
कतारका श्रमिकको समस्या समाधान गर्न सांसदहरूको सुझाव
सांसदहरूले कतार र इरानका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेललाई कतारमा रहेका श्रमिकको समस्या समाधानलाई पहिलो प्राथमिकता दिन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको संयुक्त बैठकमा पौडेललाई बोलाएर सांसदहरूले श्रमिकहरूको समस्या बढिरहेको भन्दै समाधानमा जोड दिन सुझाव दिएका हुन् ।
पौडेलले कतारमा रहेका नेपालीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । “कतारमा रहेका श्रमिकहरू समस्यामा छन्, घरेलु कामदारमा गएका महिलाको समस्या उस्तै छ,” उनले भने, “यी समस्या न्यूनीकरण गर्दै बीमाको व्यवस्था गर्न लागिपर्ने छु ।”
तोकिएको जिम्मेवारी पूरा गर्दै मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गर्ने उनले जानकारी दिए । “नेपालमा कतारको लगानी भित्र््याउन पहल गर्ने छु,” उनले भने । समितिको सभापति इश्वरीदेवी न्यौपानेले नेपालसँग कतार र इरानबीचको सम्बन्ध विस्तारमा देशका प्रतिनिधिको हैसियतले राजदूतको भूमिका महत्वपूर्ण हुने बताइन । सांसद महेशकुमार बर्तौलाले कतारमा रहेका श्रमिकहरूले श्रम सम्झौता भएबमोजिम सुविधा पाए नपाएको अध्ययन गरेर समस्या समाधान गर्न पौडेललाई सुझाव दिए । “चार लाख नेपाली कतारमा श्रमका लागि गएका छन्, कतिले समस्या भोगिरहेका छन् । उनीहरूको समस्या समाधान पहिलो प्रथामिकतामा राख्नुस्,” उनले भने ।
अर्का सांसद लीलानाथ श्रेष्ठले कतारमा मृत्युवरण गर्ने नेपाली श्रमिकको शवसमेत नेपाल ल्याउन गाह्रो भएकाले उक्त समस्या समाधान गर्नुपर्ने सुझाव दिए । सांसद जगप्रसाद शर्माले तेल र ग्याँसबाट कतार, इरान धनी भइरहेकाले त्यहाँको सिकाइ र प्रविधि मुलुकमा भित्र््याउन सके अर्थतन्त्रमा सुधार ल्याउन सहयोग पुग्ने बताए । सांसद ज्ञानेन्द्रबहादुर कार्की, इश्वरी घर्ती, श्यामप्रसाद घिमिरेले कतारमा देखिएको श्रम समस्या समाधान, लगानी भित्र््याउन पहल, स्वदेशी वस्तु निर्यात प्रवद्र्धनका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार